दफा ११७
सवारीमा राखिने मानिस र मालसामानको हद तोक्ने
(१) सार्वजनिक सवारीमा राख्न सकिने मानिसको सङ्ख्या र मालसामानको वजन विभागले निर्धारण गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम निर्धारित मानिसको संङ्ख्या र मालसामानको वजनभन्दा बढी हुने गरी कुनै पनि सवारीमा मानिस वा मालसामान राख्न हुँदैन ।